दशैं दृश्य-१
नढकढक्याइ
ड्याम्म घचेट्छन् दैलो।
यसरी नै घरभित्र गुटुटु पसे दशैंहरू।
उनीहरू इत्रिँदै गइसकेपछि
ह्वाङ्ग खोलिएको दैलोबाट
सुटुक्क पस्यो
हजार वर्ष पुरानो ढिट न ढिट नारा।
दशैं दृश्य-२
ज्वरोले सिकिस्त पहाड़
निको भएको अभिनयमा हुन्छ दशैंभरि।
दशैं सकिएपछि
शुरु हुन्छ फेरि अर्को अभिनय-
तिहार आउँदैछ जो।
अभिनय गरेर-गरेर नथाकेको पनि
यो पहाड़।
दशैं दृश्य-३
थुक्क...
यसपालि दशैंमा
छुट्टी नपाएको गनगन
उसले बङ्करमा बसेरै सुनाउँदैछ
पड़किनै मात्र जान्ने जड़ बन्दुकलाई।
दशैं दृश्य-४
मस्त महानगरको मुटुमै
डिस्कोथेकभित्र थर्किरहेको उसको छाड़ा दशैं।
र
छोरीलाई जाने अनुमति दिएको पछुतोले
धमिल्याउँदै लगेको घमाइलो आँगनमा
लुतो लागेको रातो कुकुरसँगै पल्टिरहेको
उनको उराठ दशैं
के एउटै तारिख पर्छ हजुर?
दशैं दृश्य-५
परारको दशैं भित्ते घड़ी र चीनियाँ राड़ी पठायो।
पोहोर रङ्गीन टीभी।
यसपालिको दशैं
गाँउभरि कसैको नभएको
दामी मोबाइल पठायो।
भर्खर हो ड्रग खानु छाड़ेको
त्यसको बेरोजगार भाइले।
बजार जाँदैपछि अलिअलि गर्दै
कम्प्युटर सिकेको छ भाइ चाहिँले।
यसपालिको दशैं
यही मोबाइलबाट खिँचेर दशैंका फोटोहरू
त्यसलाई उतै इ-मेल गरिदिनू भन्ने आदेश
भाइ चाहिँलाई पठाएको छ।
चाड़बाड़मा दुइचार पैसा पठाइदिन्छ।
के के जाती सामान पठाइदिन्छ।
शहर धाउनेहरू
त्यसले ठूलो कुकुर पालेको छ भन्छन्।
त्यो शहरको ठूलो मान्छे भएको छ भन्छन्।
त्यो आउँदैन घर।
दशैं दृश्य-६
आमा त्यो आउँछ?
हाम्रो पनि साँच्चीकै दशैं आउँछ र आमा
के पक्का आउँछ?
कहिले आउँछ?
कति वर्ष. कति युग र कति शताब्दीपछि आमा?
हो र आमा
त्यो आउँछ?
भन्नोस् न
त्यो कसरी आउँछ?
Monday, October 25, 2010
Thursday, October 21, 2010
२०-१० का १० टुक्रा
१
जोड़ले समातें
त्यो
भाँच्चियो
छाड़िदिएँ
त्यो जोड़िएछ फेरि
२
फेदबाट उचाइ
टुप्पोबाट गहिराइ
साँच्चै
कति अग्लो छस् हँ तँ
३
टाउको बाहिरै राखेर पसें
अस्ति साथीहरूसँग
शेर-ए-पञ्जाबभित्र
४
कहाँकहाँबाट कसकसकोबाट हो
त्यो गीतले अचेल
लुगा लगाउन सिकेछ
उध्रिएको रहेछ तर त्यो गीतको रिस
कति सुहाउँथ्यो पहिलिपहिले
त्यो नाङ्गैनाङ्गै हुँदा
५
एकपछि अर्को
अर्कोपछि अर्को भालेको डाक
चराहरूको चिरबिर दिसाघर
टुथब्रश टुथपेस्ट पानीको मग गोसालखान
भान्साकोठा बरण्डा तातो चियाको चुस्की र
भकभक उम्लिरहेको खबरकागज
बिहानको मेरो कविचर्या
६
पुलिसको लाठीचार्ज
केही फायरिङसँगै बाउबाजे र आमाका नाममा ठर्रा गालीहरू
गल्लीको मुखैमा सम्भोगमा व्यस्त लुतो लागेका कुकुरहरू
उताबाट आएको अर्को जुलूसमाथि
फिनिनि घुमे क्यामेराहरू
७
छक्क परें
उसलाई त म प्रेमै गर्दो रहेछु नि
८
उनीहरूले
मान्छेलाई ठगे कि
मान्छेले हामीलाई ठग भने
मान्छे हाँसिबस्छ रेलाठट्टा गरिबस्छ
उनीहरूले मान्छेको हकहितको गला रेट्दा पनि
मान्छेको आङ सिरिङ्ग नभएको
९
को आएको छ कुन्नि
उसको घरमा
उ चुपचाप छ
उसको मस्तिष्कमा
को आएको छ कुन्नि
१०
शहरभन्दा चिसो छ गाँउ अचेल
शहरभन्दा गरम छ गाँउ अचेल
रेमिका दिदी
गाँउले टिप्दैछ है
ढर्राहरू
हाम्रो गाँउमा पसेको छ
एउटा उद्दण्ड अमेरिका
(२०.१०.२०१०.)
Sunday, October 10, 2010
सय वर्षको बाँझो माटोमा उभेर
विनोदलाई
सय वर्षको बाँझो माटोमा उभेर
उ हेर्छ, हेरिबस्छ
करोड़ साल बुढ़ी जूनको टेंढ़ो मुख।
हराएर पनि उ हराएन रहेछ।
हराउनेहरूलाई खोज्दै निस्किएको थिएछ उ
हराइपठाउनुको बदनामी झेलेर।
उ कहाँ हराएको थिएछ र?
हराउनुको निराकार अनुहारको देवालमा उ
उसको हार्नुको मोसोले
कुनै नारा लेखेर फर्केको छ भन्छ जीवनको।
भ्रमका उत्तेजक फूलहरू पन्साउँदै
यथार्थका तिक्खर काँढ़ाहरूभित्र पसेर
श्रमले चाम्रिएका दुइ हातले इतिहासको कठालो समात्दै उ
इतिहासलाई झकझकाउँदै ब्युँझाउँछ
र सुतिसकेको वर्तमान उठ्छ
आँखाको कचेरा माड़्दै।
नजन्मिएकी छोरीलाई
कथा भन्छ उ
घोच्ने र घोचिनेहरूको लड़ाइको।
छोरी जुरुक्क उठ्छे
र आफ्नो अँजुलिमा आगोको एउटा गीत टिपेर ल्याउँछे
सेत्तै-सेत्तै हिउँ झरेको उदास सड़कबाट।
उसले भर्खरै छामेको छ
भीड़को पाइलाको गहिराइ
जहाँ उसले भेटेको छ
हिँड़्नु र पछ्याउनुको अर्थान्तर।
उसको हराइपठाउनुको इमानदारीलाई
कसैले खुद्दारी भने होलान्।
कसैले गद्दारी भने होलान्।
तर भीड़बाट बाहिर निस्किने
एउटा आँटसम्म त थिएछ उसँग।
कैदी छ उसको क्षणिक उच्छवासभित्र
हजार वर्ष पुरानो सपना।
त्यहाँ को-को छटपटिएका हुन् कुन्नि?
त्यहाँ को-को उजेलिएका हुन् कुन्नि?
हराउन लगाइएर पनि
उ हराइएन रहेछ।
उ हराएन।
उ हराउँदैन।
उ हराउने छैन।
उ जनता।
जब भूलको एक फाल्सा खुन छादिराखेर
मूर्छा पर्छ समयको खरो सत्य
र लमतन्न पल्टिन्छ
भैंचालो गइसकेको चेतनाको भुइँमा-
सय वर्षको बाँझो माटोमा उभेर
उ हेर्छ, हेरिबस्छ
करोड़ साल बुढ़ी जूनको टेंढ़ो मुख।
(९.१०. २०१०.)
सय वर्षको बाँझो माटोमा उभेर
उ हेर्छ, हेरिबस्छ
करोड़ साल बुढ़ी जूनको टेंढ़ो मुख।
हराएर पनि उ हराएन रहेछ।
हराउनेहरूलाई खोज्दै निस्किएको थिएछ उ
हराइपठाउनुको बदनामी झेलेर।
उ कहाँ हराएको थिएछ र?
हराउनुको निराकार अनुहारको देवालमा उ
उसको हार्नुको मोसोले
कुनै नारा लेखेर फर्केको छ भन्छ जीवनको।
भ्रमका उत्तेजक फूलहरू पन्साउँदै
यथार्थका तिक्खर काँढ़ाहरूभित्र पसेर
श्रमले चाम्रिएका दुइ हातले इतिहासको कठालो समात्दै उ
इतिहासलाई झकझकाउँदै ब्युँझाउँछ
र सुतिसकेको वर्तमान उठ्छ
आँखाको कचेरा माड़्दै।
नजन्मिएकी छोरीलाई
कथा भन्छ उ
घोच्ने र घोचिनेहरूको लड़ाइको।
छोरी जुरुक्क उठ्छे
र आफ्नो अँजुलिमा आगोको एउटा गीत टिपेर ल्याउँछे
सेत्तै-सेत्तै हिउँ झरेको उदास सड़कबाट।
उसले भर्खरै छामेको छ
भीड़को पाइलाको गहिराइ
जहाँ उसले भेटेको छ
हिँड़्नु र पछ्याउनुको अर्थान्तर।
उसको हराइपठाउनुको इमानदारीलाई
कसैले खुद्दारी भने होलान्।
कसैले गद्दारी भने होलान्।
तर भीड़बाट बाहिर निस्किने
एउटा आँटसम्म त थिएछ उसँग।
कैदी छ उसको क्षणिक उच्छवासभित्र
हजार वर्ष पुरानो सपना।
त्यहाँ को-को छटपटिएका हुन् कुन्नि?
त्यहाँ को-को उजेलिएका हुन् कुन्नि?
हराउन लगाइएर पनि
उ हराइएन रहेछ।
उ हराएन।
उ हराउँदैन।
उ हराउने छैन।
उ जनता।
जब भूलको एक फाल्सा खुन छादिराखेर
मूर्छा पर्छ समयको खरो सत्य
र लमतन्न पल्टिन्छ
भैंचालो गइसकेको चेतनाको भुइँमा-
सय वर्षको बाँझो माटोमा उभेर
उ हेर्छ, हेरिबस्छ
करोड़ साल बुढ़ी जूनको टेंढ़ो मुख।
(९.१०. २०१०.)
Monday, October 4, 2010
आमाहरू फेरि-फेरि नखसुन् भनेर
"सपनाका टुक्राहरू टिप्दाटिप्दै
निर्माणाधीन भवनको बाइस तलाबाट
मेरो आमा खस्नु भएछ"
-हाङयुग अज्ञात
कहाँ-कहाँ खस्दैनन् र अज्ञातजी
आमाहरू
टिप्दा-टिप्दै सपनाहरू?
तिनीहरू टुक्रा-टुक्रा पर्छन्
टिप्दा-टिप्दै
सपनाका टुक्राहरू।
टुक्रा-टुक्रा अस्तित्वमा पनि
सपना तर
रहिबस्छ सपना नै
जसरी थोपा-थोपामा चुँड़िएको पानी पनि
रहिबस्छ पानी नै।
सपना छ कि
बाटो बनाउँदै बगेको खुनसँगै
माटोमा पलाई त हाल्छ
दुबो भएर
बररर।
आमाहरू पनि ती सपना-दुबोहरूसँगै
उँभो उठ्छन्, उँभो
फेरि।
अज्ञातज्यु, कसले रोक्न सक्ला
सपनाहरूको यसरी पलाउनुलाई?
अनि यतिखेर
आमाहरू खस्नुको चिन्ताले तपिएका
र क्रोधले पाकेका छोराहरू र छोरीहरू
बिल्डिङै ढाल्ने गोप्य अभियानमा छन्
आमाहरू फेरि-फेरि नखसुन् भनेर।
(३ अक्टोबर २०१०)
(Facebook- मा कवि हाङयुग अज्ञातको कविता पढ़ेपछि)
निर्माणाधीन भवनको बाइस तलाबाट
मेरो आमा खस्नु भएछ"
-हाङयुग अज्ञात
कहाँ-कहाँ खस्दैनन् र अज्ञातजी
आमाहरू
टिप्दा-टिप्दै सपनाहरू?
तिनीहरू टुक्रा-टुक्रा पर्छन्
टिप्दा-टिप्दै
सपनाका टुक्राहरू।
टुक्रा-टुक्रा अस्तित्वमा पनि
सपना तर
रहिबस्छ सपना नै
जसरी थोपा-थोपामा चुँड़िएको पानी पनि
रहिबस्छ पानी नै।
सपना छ कि
बाटो बनाउँदै बगेको खुनसँगै
माटोमा पलाई त हाल्छ
दुबो भएर
बररर।
आमाहरू पनि ती सपना-दुबोहरूसँगै
उँभो उठ्छन्, उँभो
फेरि।
अज्ञातज्यु, कसले रोक्न सक्ला
सपनाहरूको यसरी पलाउनुलाई?
अनि यतिखेर
आमाहरू खस्नुको चिन्ताले तपिएका
र क्रोधले पाकेका छोराहरू र छोरीहरू
बिल्डिङै ढाल्ने गोप्य अभियानमा छन्
आमाहरू फेरि-फेरि नखसुन् भनेर।
(३ अक्टोबर २०१०)
(Facebook- मा कवि हाङयुग अज्ञातको कविता पढ़ेपछि)
Sunday, October 3, 2010
टिकाजी, उनीहरूको महान् ईश्वर कमजोर छ
टिकाजी, उनीहरूको महान् ईश्वर
कमजोर छ।
कानूनले विश्वमै सबभन्दा जेठो
यो विशाल गणतन्त्रमा
ईश्वरले पनि
कानूनको दैलो खटखटाएको
आधा शताब्दी नाघेर मात्र पाउँछ न्याय।
ढिलो दिएको न्याय अन्याय भन्छ
अन्यायै बोकेर टुसुक्क बसेको छ उनीहरूको ईश्वर
संसद नामको सुँगुरको खोरबाहिर।
यसपालि यो 'फेरिसकेको इण्डिया'-मा
मान्छेको चेतना जोत्ने ईश्वर नामको उनीहरूको
बुल्डोजरले न्याय पाए।
न्याय पाए उनीहरूको ईश्वरले
तर मान्छेले?
मान्छेले न्याय पाएको खै टिकाजी?
अपरेशन ब्लू स्टारको नाममा
मारिने निर्दोष सिखहरूले
कहाँ पाए न्याय?
अपरेशन ग्रीनहण्टको नाममा
उत्पीड़न भोगिबसेका आदिवासीले खै कहाँ पाए न्याय?
अंशबण्डा भइसकेका उनीहरूकै ईश्वरको नाममा
निर्दोष मारिएका
डिसेम्बर १९९२-का नागरिकहरूको नाम
खै कुन न्याय होला?
जलेको जलेकै छ कश्मीर
खै दग्ध कश्मिरीहरूको आवाजको सुनवाइ?
फसेलाको निहुँ गरी
'इण्डिया स्टोरी'
के हो?
कसले भन्दैछ?
किन भन्दैछ?
त्यो हामीलाई राम्ररी थाहा छ।
भारत सरकारले भन्दै गरेको 'फेरिसकेको इण्डिया'-को अनुहार
हेर्नु छ भने
चियाकमानका पोस्टमोडर्न दासहरूको अनुहार हेर्नू।
उनीहरूको ईश्वरलाई
उनीहरू नै
जन्माउन्
उनीहरू नै मारून्
उनीहरू नै दफनाउन्।
न्याय दिएर
उनीहरू नै मोक्ष दिउन्।
उनीहरूको ईश्वरको कफिनमा
काँटी ठोकून्
हाम्रा मोक्षको काँटीले।
अनादि-अनन्तको जति कुरा गरून्
परम-विशाल, महाअस्तित्व, जेसुकै भनून्
आम भारतीयहरूको ईश्वर अझ
रोटीकै गोलोभित्र कैद छ।
त्यो त पङ्गु छ।
उनीहरूको फेरिसकेको इण्डिया कहाँ छ?
कसैले सोधिहेर्नू त झोपड़पट्टीको इण्डियालाई।
टिकाजी, जनताले कहिल्यै पाउन नसकेको ईश्वर
र
जनताले कहिल्यै पाउन नसकेको न्याय
कति मिल्दोजुल्दो।
कति मिल्दोजुल्दो।
(३० सेप्टेम्बर २०१०)
कमजोर छ।
कानूनले विश्वमै सबभन्दा जेठो
यो विशाल गणतन्त्रमा
ईश्वरले पनि
कानूनको दैलो खटखटाएको
आधा शताब्दी नाघेर मात्र पाउँछ न्याय।
ढिलो दिएको न्याय अन्याय भन्छ
अन्यायै बोकेर टुसुक्क बसेको छ उनीहरूको ईश्वर
संसद नामको सुँगुरको खोरबाहिर।
यसपालि यो 'फेरिसकेको इण्डिया'-मा
मान्छेको चेतना जोत्ने ईश्वर नामको उनीहरूको
बुल्डोजरले न्याय पाए।
न्याय पाए उनीहरूको ईश्वरले
तर मान्छेले?
मान्छेले न्याय पाएको खै टिकाजी?
अपरेशन ब्लू स्टारको नाममा
मारिने निर्दोष सिखहरूले
कहाँ पाए न्याय?
अपरेशन ग्रीनहण्टको नाममा
उत्पीड़न भोगिबसेका आदिवासीले खै कहाँ पाए न्याय?
अंशबण्डा भइसकेका उनीहरूकै ईश्वरको नाममा
निर्दोष मारिएका
डिसेम्बर १९९२-का नागरिकहरूको नाम
खै कुन न्याय होला?
जलेको जलेकै छ कश्मीर
खै दग्ध कश्मिरीहरूको आवाजको सुनवाइ?
फसेलाको निहुँ गरी
'इण्डिया स्टोरी'
के हो?
कसले भन्दैछ?
किन भन्दैछ?
त्यो हामीलाई राम्ररी थाहा छ।
भारत सरकारले भन्दै गरेको 'फेरिसकेको इण्डिया'-को अनुहार
हेर्नु छ भने
चियाकमानका पोस्टमोडर्न दासहरूको अनुहार हेर्नू।
उनीहरूको ईश्वरलाई
उनीहरू नै
जन्माउन्
उनीहरू नै मारून्
उनीहरू नै दफनाउन्।
न्याय दिएर
उनीहरू नै मोक्ष दिउन्।
उनीहरूको ईश्वरको कफिनमा
काँटी ठोकून्
हाम्रा मोक्षको काँटीले।
अनादि-अनन्तको जति कुरा गरून्
परम-विशाल, महाअस्तित्व, जेसुकै भनून्
आम भारतीयहरूको ईश्वर अझ
रोटीकै गोलोभित्र कैद छ।
त्यो त पङ्गु छ।
उनीहरूको फेरिसकेको इण्डिया कहाँ छ?
कसैले सोधिहेर्नू त झोपड़पट्टीको इण्डियालाई।
टिकाजी, जनताले कहिल्यै पाउन नसकेको ईश्वर
र
जनताले कहिल्यै पाउन नसकेको न्याय
कति मिल्दोजुल्दो।
कति मिल्दोजुल्दो।
(३० सेप्टेम्बर २०१०)
Friday, October 1, 2010
बिरालो जेन
कहाँ सुनिँदो रहेछ त बिरालो हिँड़ेको?
थाहा थियो र पनि भर्खरै थाहा भएको।
साधारणतः अँध्यारो हुन्छ रात भन्ने।
कोठामा सेतो बिरालो पसेपछि नै त हो नि
यो रातको अँध्यारो रूपको भेउ पाएको पनि।
अँध्यारै छाड़िन्छन् बत्ती बालेर पनि केही छेउकुनाहरू।
जसरी अँध्यारै हुन्छन् कुवाहरू घामको उज्यालोमा पनि।
अरूको पानीको तिर्खा मेटिदिँदै उज्यालोको तिर्खामा आफू छटपटिरहन्छ कुवा।
भन्दैन र मात्र। कुनै गुप्त रोगै हो जस्तो देखाउँदैन र मात्र यो तिर्खाको घाउ।
तर देखिदिन्छन् सबैले तिनीहरूको घाउको खोंड़े अनुहार। घाउको अँध्यारो खोपिल्टा।
कहाँ सुनिँदो रहेछ त बिरालो हिँड़ेको?
विज्ञानले अहिलेसम्म नखोजेर
चुपचाप हिँड़डुल गरिरहेको कुनै अजनबी रश्मिजस्तै
यो बिरालोको जुँघामा के छ त्यस्तो कुन्नि-
त्यसले घोंच्छ हेर्नुहरूलाई।
शत्रु हो कि साथी - छुट्टाउनै साह्रो। यो बिरालो।
एकान्तमा अझ थपिएको छ एकान्त
जब ध्यानमग्न छ नबोलिरहेको बिरालो मेरै कुर्सीछेउ।
म बसेको कुर्सीका खुट्टाहरू कति कठोर छन्-
जाँच्दो हो बिरालो आफ्नो लचिलो ढाड़ दलेर ती खुट्टाहरूमा।
उसको छायाँले टेक्छ मेरा कुर्सीको छायाँलाई। मलाई।
मनपरे, उ यहीँ रात काटिदिन्छ मसँगै।
नभए, गइहाल्नेछ उ बसेकै ठाउँ आफ्नो एउटा शून्य आँकेर। केही सेकेण्डभित्रै।
अघिदेखि ढुकेको हो मूसाको बाटो, या त साङ्लो, या कुनै किराको।
मूसादौड़हरूलाई चपाएर निल्छ उ।
उ भन्दैन उ कस-कसको बाटो हेर्छ।
उ भन्दैन उ कस-कसको बाटो काट्छ।
कति शान्त उ। पोखरीझैं। जेन तपस्वीझैं।
उसको दाँतको चेपबाट काँचो रगतको गन्ध आइरेहको छ।
कोठाको अँध्यारो कुनामा उसले केही चबाएको सुन्दैछु।
के हो भनेर हेरेको - उसको मुखमा छ
आत्मसमर्पण गरिसकेको जेन तपस्वीझैं एउटा लाटा किरा।
बिरालो ध्यान गरिबसेको छ। गरिबसेको छ। केही बोल्दैन।
धेरै-धेरै भनिरहेकोजस्तो।
जङ्गलको भएर पनि जङ्गलकै नभएको।
मान्छेले पाल्तु बनाएर पनि पाल्तु नभएको।
किन-कहाँ-कहिले-के-कसरी समात्नु?
किन-कहाँ-कहिले-के-कसरी छाड़्नु?
-बिरालो ज्ञाता हो समात्नु र छाड़्नुको द्वन्द्वको।
थाहा थियो र पनि भर्खरै थाहा भएको।
कहाँ सुनिँदो रहेछ त बिरालो हिँड़ेको?
थाहा थियो र पनि भर्खरै थाहा भएको।
साधारणतः अँध्यारो हुन्छ रात भन्ने।
कोठामा सेतो बिरालो पसेपछि नै त हो नि
यो रातको अँध्यारो रूपको भेउ पाएको पनि।
अँध्यारै छाड़िन्छन् बत्ती बालेर पनि केही छेउकुनाहरू।
जसरी अँध्यारै हुन्छन् कुवाहरू घामको उज्यालोमा पनि।
अरूको पानीको तिर्खा मेटिदिँदै उज्यालोको तिर्खामा आफू छटपटिरहन्छ कुवा।
भन्दैन र मात्र। कुनै गुप्त रोगै हो जस्तो देखाउँदैन र मात्र यो तिर्खाको घाउ।
तर देखिदिन्छन् सबैले तिनीहरूको घाउको खोंड़े अनुहार। घाउको अँध्यारो खोपिल्टा।
कहाँ सुनिँदो रहेछ त बिरालो हिँड़ेको?
विज्ञानले अहिलेसम्म नखोजेर
चुपचाप हिँड़डुल गरिरहेको कुनै अजनबी रश्मिजस्तै
यो बिरालोको जुँघामा के छ त्यस्तो कुन्नि-
त्यसले घोंच्छ हेर्नुहरूलाई।
शत्रु हो कि साथी - छुट्टाउनै साह्रो। यो बिरालो।
एकान्तमा अझ थपिएको छ एकान्त
जब ध्यानमग्न छ नबोलिरहेको बिरालो मेरै कुर्सीछेउ।
म बसेको कुर्सीका खुट्टाहरू कति कठोर छन्-
जाँच्दो हो बिरालो आफ्नो लचिलो ढाड़ दलेर ती खुट्टाहरूमा।
उसको छायाँले टेक्छ मेरा कुर्सीको छायाँलाई। मलाई।
मनपरे, उ यहीँ रात काटिदिन्छ मसँगै।
नभए, गइहाल्नेछ उ बसेकै ठाउँ आफ्नो एउटा शून्य आँकेर। केही सेकेण्डभित्रै।
अघिदेखि ढुकेको हो मूसाको बाटो, या त साङ्लो, या कुनै किराको।
मूसादौड़हरूलाई चपाएर निल्छ उ।
उ भन्दैन उ कस-कसको बाटो हेर्छ।
उ भन्दैन उ कस-कसको बाटो काट्छ।
कति शान्त उ। पोखरीझैं। जेन तपस्वीझैं।
उसको दाँतको चेपबाट काँचो रगतको गन्ध आइरेहको छ।
कोठाको अँध्यारो कुनामा उसले केही चबाएको सुन्दैछु।
के हो भनेर हेरेको - उसको मुखमा छ
आत्मसमर्पण गरिसकेको जेन तपस्वीझैं एउटा लाटा किरा।
बिरालो ध्यान गरिबसेको छ। गरिबसेको छ। केही बोल्दैन।
धेरै-धेरै भनिरहेकोजस्तो।
जङ्गलको भएर पनि जङ्गलकै नभएको।
मान्छेले पाल्तु बनाएर पनि पाल्तु नभएको।
किन-कहाँ-कहिले-के-कसरी समात्नु?
किन-कहाँ-कहिले-के-कसरी छाड़्नु?
-बिरालो ज्ञाता हो समात्नु र छाड़्नुको द्वन्द्वको।
थाहा थियो र पनि भर्खरै थाहा भएको।
कहाँ सुनिँदो रहेछ त बिरालो हिँड़ेको?
Subscribe to:
Posts (Atom)